मंगलबार , बैसाख २२, २०८३

मंगलबार , बैसाख २२, २०८३

अरुण तेस्रो जलविद्युत् आयोजना प्रभावित परिवारले चार सय परिवारले मुआब्जा पाउने

image

सङ्खुवासभा- सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना हालसम्म ८० प्रतिशत पूरा भएको छ। आयोजनाका कारण प्रभावित झन्डै चार सय परिवारले छुट मुआब्जा पाउने भएका छन्।

जिल्ला प्रशासन कार्यालय, सङ्खुवासभाले २०७९ चैत २३ गते जारी गरेको सूचनाको आधारमा सर्वोच्च अदालतले पुस ११ गते आदेश जारी गर्दै एक महिनाभित्र मुआब्जा भुक्तानी गर्न निर्देशन दिएको हो। मुआब्जा रकम प्रतिरोपनी रु ११ लाख ७५ हजार निर्धारण गरिएको थियो, जसअनुसार छ्याङ्कुटीदेखि विद्युत् गृहसम्मको २४ किलोमिटर प्रवेशमार्गमा पर्ने पाँच सय २४ रोपनी जग्गाका लागि ‘अरुण-३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड’ले ५३ करोड रुपैयाँ प्रशासनको धरौटी खातामा जम्मा गरिसकेको छ।

आयोजनाको मुख्य सुरुङमार्गको निर्माण भने विसं २०८१ जेठ २२ गते ब्रेक थ्रु गरी पूरा भएको घोषणा गरिएको छ। गृह मन्त्रालयलाई सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभएको छ।

सम्बन्धित समाचार