बुधबार , बैसाख २६, २०८१

बुधबार , बैसाख २६, २०८१

कतार विश्वकप आफ्नो लागि अन्तिम हुने अर्जेटिनी स्टार मेस्सीको भनाइ

image

अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेस्सीले नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल आफ्नो लागि ‘निश्चित रूपमा’ अन्तिम हुने बताउनुभएको छ ।

पेरिस सेन्ट जर्मनका पैँतीस वर्षीय फरवार्डले अर्जेन्टिनाको तर्फबाट चार पटक विश्वकप खेलिसक्नुभएको छ । सो क्रममा १९ खेलमा उनले छवटा गोल गरेको र थप पाँच गोलका लागि सघाएको देखिन्छ ।

सन् २०१४ मा अर्जेन्टिनालाई उहाँले उपविजेताको उपाधि दिलाउनुभयो भने आफ्नो कप्तानीमा सन् २०२१ को कोपा अमेरिकाको उपाधि दिलाउनुभयो ।

मेस्सीले अब आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन बाँकी छ । “निश्चित रूपमा त्यो मेरो अन्तिम विश्वकप हुनेछ,” उहाँले भन्नुभयो । ईएसपीएनसँग कुरा गर्दै मेस्सीले थप्नुभयो, “मैले विश्वकप फुटबलको दिनगन्ती गरिरहेको छु। एकसाथ चिन्ता र हडबडाहट छ ।”

सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका मेस्सीले अर्जेन्टिनाका लागि कूल १६४ खेलमा ९० गोल गर्नुभएको छ । फिफाको वरीयता क्रममा आर्जेन्टिना तेस्रो स्थानमा रहेको छ।

नोभेम्बर २० तारिखबाट शुरू हुने कतार विश्वकप फुटबलअन्तर्गत समूह सीमा अर्जेन्टिनाको भेट साउदी अरब मेक्सिको र पोल्यान्डसँग हुने छ ।

“विश्वकपमा जे पनि हुनसक्छ । सबै प्रतिस्पर्धा कठिन हुन्छन् । लोकप्रिय टोलीहरूले सधैँ जित नै निकाल्छन् भन्ने हुँदैन,” मेस्सीले भन्नुभयो ।

आफ्नो इतिहासका कारण र्ओन्टिना सधैँ एउटा दावेदारको रूपमा रहिआएको बताउँदै उहाँले भन्नुभयो, “अहिले पनि हामी दावेदार हौँ, तर हामी सबैभन्दा लोकप्रिय होइनौँ । मेरो विचारमा हामीभन्दा अरू पनि राम्रा टोली छन् ।”

सम्बन्धित समाचार