शुक्रबार , बैसाख ७, २०८१

शुक्रबार , बैसाख ७, २०८१

रहेनन् बाङमय शताब्दी पुरुष

image

बाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।

पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उहाँ पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत हुनुहुन्थ्यो । शताब्दी पुरुषको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको उहाँको उपचारमा संलग्न डा सुरज बज्राचार्यले राससलाई जानकारी दिनुभयो ।

अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । कलेजले जोशी र उहाँकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

सम्बन्धित समाचार