शनिबार , बैसाख ८, २०८१

शनिबार , बैसाख ८, २०८१

५४ मा कोरोना सङ्क्रमण

image

देशभर आज कोरोना भाइरसको सङ्क्रमण ५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई हजार चार सय ८० परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज ५४ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । अहिलेसम्म नौ लाख ८७ हजार छ सय ३४ जना उपचारपछि घर फर्किसकेको मन्त्रालयले जनाएको छ । निको हुने प्रतिशत ९८ दशमलव सात प्रतिशत रहेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय २१ जना पुगेको छ । विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप ३५ हजार एक सय ९४ जनाले लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म लक्षित जनसङ्ख्याको ९९ दशमलव पाँच प्रतिशतले एक मात्रा र ९५ दशमलव सात प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

सम्बन्धित समाचार