शुक्रबार , फागुण २९, २०८२

शुक्रबार , फागुण २९, २०८२

विपिन जोशी फिर्ता ल्याउने प्रयास भइरहेको छ: डा. आरजु राणा देउवा

image

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुसल रहेको र उनलाई फिर्ता ल्याउने प्रयास भइरहेको जानकारी दिनुभएको छ। संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा मन्त्री राणाले हमाससँग नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग पुन: कूटनीतिक पहल गरेको बताउनुभएको हो।

उहाँले कूटनीतिक कक्षमा यसअघि पनि कतार र इजिप्ट सरकारसँग विपिनको रिहाइका लागि आग्रह गरिसकेका थिए। खासगरी, हमास समूहले आफ्नो नियन्त्रणमा रहेका व्यक्तिहरूमध्ये बृद्धबृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई पहिलो चरणमा रिहा गर्ने तयारी गरेको खबर आएको छ। त्यसै अवसरमा विपिन जोशीको रिहाइको प्रयास गर्न पनि मन्त्री राणाले दुवै सरकारलाई पुनः आग्रह गर्नुभएको छ।

सन् २०२३ को अक्टोबरमा इजरायलमाथि आक्रमण गरेपछि हमास समूहले १० जना नेपालीसहित १,००० भन्दा बढी व्यक्तिको हत्या गरेको थियो। यसपछि, विपिन जोशी समेत अपहरण गरी लगिएका थिए। नेपाल सरकारले अहिले पनि कूटनीतिक प्रयास जारी राखेर विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्दै आएको छ।

संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय मञ्च र द्विपक्षीय तथा बहुपक्षीय बैठकहरूमा परराष्ट्रमन्त्री डा. राणाले विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गर्दै आएका छन्।

सम्बन्धित समाचार