शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित

image

भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेख्नु भएको छ ।

“म कोरोना भाइरसबाट सङ्क्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,” उहाँले लेख्नु भएको छ ।

उहाँले आफू अहिले पहिलो पटक सक्रङ्क्रमित भएको हैन भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गर्नुभएको छ । यसअघि उहाँ सन् २०२० को जुलाईमा पहिलो पटक सङ्क्रमित हुनु भएको थियो ।

त्यति बेला उहाँ झण्डै तीन हप्ता अस्पतालमै रहनु भएको थियो । उहाँ मात्रै नभई उहाँका छोरा तथा अभिनेता अभिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्या राय र नातीनी आराध्या पनि सङ्क्रमित हुनुभएको थियो ।

सम्बन्धित समाचार