शनिबार , बैसाख १५, २०८१

शनिबार , बैसाख १५, २०८१

नेपाली साहित्यलाई विश्वसामु पुर्‍याउन आवश्यक : राष्ट्रपति

image

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञान भूमि नेपालको ज्ञान दर्शनलाई प्राज्ञिक विमर्श र अध्ययन, अनुसन्धान गरी विश्वसामु पुर्‍याउन आवश्यक रहेको बताउनु भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सिर्जना र साहित्यलाई विश्व साहित्यको उत्कृष्ट कोटीमा पुर्‍याउन प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली भाषा, साहित्य र संस्कृतिका साथै नेपाली वाङ्मयका क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।

समारोहमा राष्ट्रपति भण्डारीले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, ‘तस्बिरमा नेपाल’ को अङ्ग्रेजी संस्करणको विमोचन गर्नुभयो । कार्यक्रममा प्रा विद्यानाथ उपाध्याय भट्ट,नरबहादुर दाहाल, रामचन्द्र भट्टराई, डा नयनाथ पौडेल, प्रा डा गोविन्दराज भट्टराई, खेन्पो ङ्वाङ वोसेर लामा र शर्मिलाकुमारी चौधरीलाई भाषा, साहित्य र दर्शन शास्त्रमा गर्नुभएको योगदानका लागि सम्मानित गरियो । यसैगरी राष्ट्रिय कविता महोत्सव २०७८ मा पहिलो हुने टीका आत्रेय र दोश्रो तथा तेश्रो हुने कवि रकवयीत्रीहरुलाई पनि पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको बहुलता सम्बोधन गर्ने गरी १० वटा पुरस्कार स्थापना गरेर प्राज्ञिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका स्रष्टालाई सम्मान गर्ने गरिएको जानकारी गराउनुभयो । एन.टि.भी.

सम्बन्धित समाचार