बुधबार , बैसाख २६, २०८१

बुधबार , बैसाख २६, २०८१

कारगिलमा सिपाहीहरूसँग गीत गाउँदै प्रधानमन्त्री मोदी

image

सैनिक जवानहरूसँग दीपावली मनाउन कारगिल भ्रमणमा रहनुभएका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ‘वन्दे मातरम्’ राष्ट्रिय गीतका साथ विशेष गायनमा सहभागी हुनुभएको छ ।

एक भिडियोमा जवानहरूले वन्दे मातरम् गीत गाउँदै गर्दा प्रधानमन्त्री ताली बजाउँदै तथा गाउँदै गरेको देखिनु भएको छ । प्रधानमन्त्री मञ्चको मध्यभागमा उभिनु भएको तथा केही जवान गितार र अन्य बाजा बजाइरहेका देखिन्छन् । प्रधानमन्त्री मोदी कारगिलमा सैनिक जवानहरूसँग दीपावली मनाउन आजै यहाँ आइपुग्नुभएको हो ।

प्रधानमन्त्रीले विगत केही वर्षदेखि सैनिक जवानसँग चाडपर्व मनाउँदै आउनुभएको छ । उहाँले सेनाका जवानलाई मिठाई बाँड्नका साथै कारगिल युद्ध स्मारकमा माल्यार्पण गर्नुभएको थियो । सन् १९९९ मा पाकिस्तानसँग भएको युद्धमा पाँच सय २७ जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त युद्धमा ज्यान गुमाएका सेनाका जवानप्रति पनि उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

सशस्त्र बल देशको खम्बा भएको बताए । सिमाना सुरक्षित हुँदा राष्ट्र सुरक्षित हुने तथा अर्थतन्त्र बलियो हुने यथार्थ प्रस्तुत गर्दै प्रधानमन्त्रीले प्रकाशको पर्व दीपावलीले विश्व शान्तिको लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सेनाका सकल दर्जामा शुभकामना व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार