शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

उम्मेद्वारको त्याग र इतिहासलाइ हेरेर मत दिन आग्रह

image

नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी र उम्मेद्वारको त्याग र इतिहासलाइ हेरेर मत दिन आग्रह गरेका छन्। लौहपुरुष गणेशमान सिंहको १०८ औँ जन्मजयन्तिका अबसरमा राजधानीमा आयोजित आयोजित कार्यक्रमम बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भबिष्यलाई हेरेर मतदान गर्र्नुपर्ने बताए । ‘मतदान भनेको भबिष्यको भलाईको लागि हो। पार्टी र उम्मेद्वारको त्याग र इतिहासलाइृ हेरेर मताधिकार प्रयोग गर्नुहोला,’उनले भने ।

कार्यक्रममा उनले गणेशमान सिंहको योगदानलाई स्मरण गर्दै सिंहको त्याग र योगदानलाई सबैले मनन गर्नुपर्ने बताए । उनले गणेशमानले मुलुकमा प्रजातन्त्र प्रापितका लागि ६० बर्षको सक्रिय राजनीतिमा
तीन दशक जेलजीवन र निर्वाशनमा विताएको स्मरण गरे । ‘६० बर्षको सक्रिय राजनीतिमा तीन दशक देशको भविष्यका लागि जेलजीवन र निर्वाशनमा विताउनुभएको थियो,’उनले गणेशमानको योगदानलाई स्मरण गर्दै भने ।

सम्बन्धित समाचार