बुधबार , बैसाख २६, २०८१

बुधबार , बैसाख २६, २०८१

शीतयुद्धपछि पहिलो पटक आणविक ‘युद्ध’ को खतरा : बाइडेन

image

अमेरिकी राष्ट्रपति जो बाइडेन शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको र युक्रेन द्वन्द्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसरी युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताउनुभएको छ ।

“सन् १९६२ मा केनेडी र क्युबाको क्षेप्यास्त्र सङ्कटपछि हामीले ‘आणविक युद्ध’को सम्भावनाको सामना गरेका छैनौं,” पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई उद्धृत गर्दै बाइडेनले न्युयोर्कमा आयोजित डेमोक्र््याटिक पार्टीको आर्थिक सङ्कलन कार्यक्रममा भन्नुभयो ।

पुटिनले युक्रेनमाथि आक्रमण गर्न आणविक हतियार प्रयोग गर्ने धम्की दिंदा पुटिनले ‘ठट्टा’ नगरेको बाइडेनले बताउनुभएको छ ।

राष्ट्रपति पुटिनको आणविक धम्कीका कारण सिर्जित जोखिमबारे बोल्दै र ६० वर्षअघि सोभियत सङ्घले क्युबामा क्षेप्यास्त्र तैनाथ गरेपछि उत्पन्न आणविक गतिरोधलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “क्युबाको क्षेप्यास्त्र सङ्कटपछि पहिलो पटक आणविक हतियारको प्रयोगबाट हामीलाई प्रत्यक्ष खतरा छ ।”

बाइडेनले भन्नुभयोे, “हामी पुटिनको युद्ध अन्त्य रणनीतिबारे पत्ता लगाउने प्रयास गरिरहेका छौं ।

पुटिनले युक्रेनी भूमि कब्जा गर्ने प्रयासमा विकल्पहरू समाप्त भएको महसुस गरेमा आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् ।

विज्ञहरूका अनुसार यी आक्रमणहरू तुलनात्मक रूपमा साना र रणनीतिक आक्रमणहरू हुनेछन् । तर बाइडनले सीमित क्षेत्रमा हुने यस्ता आक्रमणले अझै व्यापक द्वन्द्व निम्त्याउने चेतावनी दिनुभएको छ ।

बाइडेनले भन्नुभयो, “हामीले राम्रोसँग चिनेका छौं । पुटिनले ‘सामरिक आणविक हतियार वा जैविक वा रासायनिक हतियारको सम्भावित प्रयोगको बारेमा कुरा गर्दा ठट्टा गर्दैनन् ।”

सम्बन्धित समाचार