शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

एसिसी प्रिमियर कप: यूएई ३३.१ ओभरमै अलआउट, नेपाललाई ११८ रनको लक्ष्य

image

काठमाडौं- एसिसी प्रिमियर कपको फाइनलमा यूएई ३३.१ ओभरमै अलआउट भएको छ । यूएईका जुनैद सिद्दिकी ललित राजनबंशीको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएसँगै यूएई ११७ रनमै समेटिएको हो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले हिजो २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितीबाट आज खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो ।

नेपालका लागि ललितले ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा र सोमपाल कामीले समान १/१ विकेट लिए । युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ । अब नेपालले केही समयपछि ब्याटिङ गर्नेछ ।एन.टि.भी.

सम्बन्धित समाचार