शुक्रबार , बैसाख १४, २०८१

शुक्रबार , बैसाख १४, २०८१

पेट्रोलियम पदार्थको मूल्य घट्यो

image

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल,डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।

निगमले पेट्रोल,डिजेल र मट्टितेलमा तीन-तीन रुपैयाँका दरले मूल्य घटाएको छ । त्यसैगरी हवाई इन्धनको मूल्य पनि घटाइएको छ । जसअनुसार वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ ।

पछिल्लो निर्णयअनुसार अब पेट्रोलको मूल्य १७५,डिजेल र मट्टितेलको मूल्य १७२ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । ग्यासमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ ।-

सम्बन्धित समाचार