सुदूरपश्चिमको प्रमुख पर्व गौरा मनाउन काली–कर्णालीका काठमाडौं उपत्यकामा बसोबास गर्ने वासिन्दा टुंडिखेलमा भेला भएका छन्। कोटेश्वरबाट गौरा देवीको मूर्ति टुंडिखेलमा ल्याई भाका, नाचगान र विविध सांस्कृतिक कार्यक्रमसहित पर्व मनाइँदैछ। झाँकीहरूको विशेष प्रस्तुतीले टुंडिखेलको वातावरण अझै उल्लासमय बनेको छ।