काठमाडौँ — आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौँ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अमेरिकाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको छ। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ।
यस सिरिजमा नेपाल, अमेरिका र युएई सहभागी छन्।
लिग–२ मा अहिलेको स्थिति अनुसार नेपालले १६ खेल खेल्दै १२ अंकसहित सातौँ स्थानमा छ। अमेरिका भने २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा रहेको छ।
लिग–२ मा सहभागी ८ राष्ट्रले कुल ९ सिरिजमा ३६ खेल खेल्नेछन्। प्रत्येक देशले तीन सिरिज आफ्नै घरेलु मैदानमा र बाँकी छ सिरिज अन्य देशमा खेल्नेछन्। प्रतियोगिताको अन्त्यमा शीर्ष चार टोलीले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सिधै भाग लिन पाउनेछन्।